कुटपिटको आरोपमा तरुण दलका नगर उपाध्यक्षसहित दुई जना पक्राउ

साउन २३ । नेपाल तरुण दल भरतपुर नगर उपाध्यक्ष प्रमिश राईसहित दुई जनालाई प्रहरीले मंगलबारे नियन्त्रणमा लिएको छ ।

भारतीय सवारी साधनको चालकलाई भरतपुर ओरालोमा कुटपिट गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी निरीक्षक जीवलाल चुँदालीले बताए ।

कुटपिटबाट पीआर०६पीए ८५७१ नम्बरका सवारी चालक सोहन बैठा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कुटपिट गर्ने राई र यमबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको निरीक्षक चुँदालीले बताए ।

घाइते बैठाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । रोकिराखेको सवारीका चालकलाई राईसहितका दुई जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यसैबीच, यौन दुराचारको प्रयास गरेको अभियोगमा पटिहानी–६ बस्ने ५९ वर्षीय देवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

निजले साउन २१ गते २२:०० बजे पटिहानी–७ बस्ने १५ वर्षीय बालकलाई ललाइफकाइ बछौली–२ सौराहस्थित होटल बटर प्mलाइमा यौन दुराचारको प्रयास गरेपछि निज बालक कोठाबाट भागेर बाटोमा रोइरहेको अवस्थामा स्थानीय बासिन्दाले फेला पारी प्रहरी चौकी बछौनीमा घटनाबारे जानकारी गराएका थिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।