साउन । प्रेमी प्रेमिकाबीच विभिन्न किसिमका घटनाहरु घट्दै आएका छन् । तर जर्मनीमा भने एउटा अचम्म खालको घटना घटेको छ ।

त्यहाँ एक जना प्रेमीले आफ्नी प्रेमिकाले स्तनले थिचेर मार्न खोजेको आरोप लगाए अनि प्रेमिका भने पक्राउ समेत परिन् ।

३० वर्षीय टिम स्किमडटले ३३ वर्षीया प्रेमिका फ्रान्जिस्का हानसेन विरुद्ध वक्षस्थलले थिचेर मार्न खोजेको आरोप लगाएपछि प्रहरीले फ्रान्जिस्कालाई पक्राउ गरेको हो ।

शारीरिक सम्बन्धका क्रममा प्रेमिकाले आफ्नो वक्षस्थलले थिचेर हत्या गर्ने प्रयास गरेको आरोप प्रेमिका विरुद्ध लगाइएको छ ।

एक अदालतमा घटनाको सुनुवाईको क्रममा टिमले आफ्नी प्रेमिकाको वक्षस्थल निकै ठूलो भएको र उनले आफूलाई मार्न खोजेको भन्दै सेक्सका समयमा आफूलाई मार्ने कोसिस गरेको दाबी गरे ।

तर प्रेमिका फ्रान्जिस्काले टिमले झुटो आरोप लगाएको बताएकी छन् । उक्त घटनाको छिनोफानो अहिले पनि भईनसकेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रेमिकालाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।