साउन । अहिले हरेक व्यक्ति हरेक पल सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा झुण्डिने गरेको भेटिने गरिएको छ । यहाँसम्म की तपाईहरु धेरै जना पनि फेसबुक तथा ट्विटर हुँदै यहाँसम्म आउनु भएको हुनसक्छ ।

जे होस् फेसबुक, ट्विटर सही तरिकाले सदुपयोग गरे फाइदाजनक पनि हुन सक्छ भने यसको प्रयोग गर्न नजानेमा यसले हानि समेत पुर्याउने गरेको छ । तपाईले अरुलाई लाञ्छना लाग्ने गरी, जे पाए त्यही सेयर गर्नु भयो भने, अरुलाई हानी पुर्याउने काम गर्नु भयो भने तपाई जेलसम्म जानुपर्ने पनि हुन्छ । यस्ता घटना घटीरहेका छन् । नेपालमै यसअघि फेसबुकमा जे पाए त्यही लेखेपछि प्रक्राउ परेका एक व्यक्तिले अदालतमा १ लाख तिर्नु परेको थियो ।

मनमा आएका दुःख पीडा, प्रेम विछोड तथा लागेको कुरा फेसबुकमा लेखिएकै कारण जागिर समेत जाने गरेका धेरै घटनाहरु समेत छन् । पछिल्लो समय भने यस्तै भएको छ ब्लुमबर्गका सामाजिक सञ्जाल सम्पादकलाई ।

उनले जागिरमा रहेको समस्याका बारेमा व्यक्तिगत सूचना आफ्नो निकटको साथीलाई पठाएका थिए । टिव्टरको माध्यमबाट पठाएको निजी सन्देशलाई उनले सार्वजनिक रुपमा सेयर गरिदिएपछि उनको जागिर चट भयो ।

लण्डनको एक मोबाइल कम्पनीले गरेको अनुसन्धानको तथ्यांक अनुसार १० मध्ये एक व्यक्तिलाई रोजगारीमा छनौंट गरिएन । उनीहरुलाई छनौंट नगर्नुको कारण भने फेसबुकमा उनीहरुले पोष्ट गरेको कमेन्ट जसलाई कम्पनीले मन नपराउनु थियो ।

यस्तै, क्यालिफोर्नियाको एक कर्मचारीले फेसबुकमा फोटो सेयर गर्दा जागिर गएको थियो ।

फेसबुक ट्विटर चलाउनु दैनिकी जस्तै बनेको बेला विश्वका विभिन्न देशमा सामाजिक सञ्जाल सम्बन्धि निति नियम समेत बनिसकेका छन् । तर नेपालमा स्पष्ट निति छैन । यद्यपी, सामाजिक सञ्जालमार्फत अरुलाई क्षति तथा पीडा भयो भनेर प्रहरीमा पुग्यो भने विद्युतिय ऐन अन्तर्गत कारबाही हुँदै आएको छ । विद्युतिय ऐनमा १ लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै साजय हुन सक्ने उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।