उक्त सूई पत्ता लगाउनका लागि लगानी गरेको एक संस्थाले सोमबार दिएको जानकारी अनुसार उक्त खोप यसै बर्षको अन्त्यतिरबाट बाँदरमा परीक्षण गर्ने योजना बनाइएको छ ।

यसका बैज्ञानिकहरुका अनुसार उक्त खोपले अहिलेकै अवस्थामा नै एचआइभी एड्सका सम्पूर्ण किटाणू भने मार्न सक्नेछैन । तर संक्रमितहरुलाई यसको सङ्क्रमण भने निकै नै कम गर्ने छ ।
यसलाई पहिलो चरणमा परीक्षण गरेपछि थप प्रभावकारिताका लागि पनि अनुसन्धान गरिने र सो काम जारी नै रहने पनि उक्त संस्थाले जनाएको छ ।
अहिलेकै अवस्थमा पनि उक्त भाइरसले संक्रमितमा रहेको भाइरसको भारलाई कमगर्न सघाउने बैज्ञानिकहरुले जनाएका छन् । बाँदरमा गरिने उक्त परीक्षण दुई वर्षसम्ममा पूरा हुनेछ । उक्त परीक्षणको परिणाम हेरी सूईलाई बजारमा ल्याइने पनि समाचारमा जनाइएको छ ।
बाँदरमा गरिने दुई वर्ष लामो परीक्षणका क्रममा उक्त सूईले भाइरसको मात्रालाई के कति मात्रामा कम गर्नसक्छ भनेर अध्ययन गरिने छ ।
बाँदरको खोप ग्रहण गर्ने प्रणाली पनि मानिसको जस्तै हुने र बाँदरको शरीरले गर्ने रोग विरुद्धको ग्रहणको परीक्षणबाट मानिसमा अध्ययन गर्न सजिलो हुने भएकोले यो प्रक्रिया अपनाइएको वैज्ञानिकहरुले बताएका छन् ।
उक्त खोपको अनुसन्धान बैज्ञानिकहरुले सन् २००१ देखि नै सुरु गरेका थिए । ब्राजिलका तीन जना वैज्ञानिकले यो खोप पत्ता लगाएका हुन् । एजेन्सी