काठमाडौं २६ कात्तिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ९ गते समय नपुग्दै भन्दै पार्टी एकता २१ गतेपछि मात्र हुने बताएको छ ।
पार्टी एकतामा कुनै शंका नरहेको भन्दै निर्वाचनको चटारोका कारण ९ मंसिरमा भने समय नपुग्ने जनाएको छ ।
‘सामाजिक सञ्जालमा मंसीर ९ गते एमाले-माओवादी एकताको चर्चा चलेको छ । एमाले-माओवादी बीच पार्टी एकता हुनेमा कुनै शंका छैन ।’ प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले फेसबुकमार्फत भनेका छन्, ‘तर, निवार्चनको चटारोका कारण मंसीर ९ मा पार्टी एकताका लागि समय पुग्दैन । मार्ग निर्देशक सिद्धान्त, इतिहासको मूल्याङ्कन र संगठनात्मक एकरुपता कायम गरि मंसीर २१ गतेपछि लगत्तै पार्टी एकता हुनेछ।’
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।