बौद्धमा एक तिब्बतीले आफैँले आफूलाई आगो लगाए, उपचार गर्दागर्दै ज्यान गयो

फोटो : फाइल

साउन २२ । नाम नखुलेका एक तिब्बतीले आज आफैँलाई आगो लगाएर आत्मदाह गरेका छन् ।

राजधानीको बौद्धमा ती तिब्बतीले आत्मदाहको प्रयास गर्दागर्दै प्रहरीले उद्धार गरी टिचिंग हस्पिटल ल्याएको थियो । तर, उनको उपचारका क्रममा निधन भएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

प्रहरीले आगो लगाउने व्यक्तिको मानसिक सन्तुलन ठिक नभएर यस्तो भएको हुन सक्ने भन्दै घटना फ्री तिब्बतसँग नजोडिएको दाबी गरेको छ । घटनका विषयमा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

केही महिना अघि पनि बौद्ध परिसरमा अर्का तिब्बतीले आत्मदाह गरेका थिए ।

किन गर्छन त तिब्बतियनहरु आत्मदाह ?

धार्मिक नेताका रुपमा परिचित दलाई लामाले तिब्बतीयनहरुको नेतृत्व गरेर स्वतन्त्र तिब्बतको माग राख्दै आएका छन् । दलाई लामाको चीनको विपक्षमा रहेको अमेरिका, भारत तथा युरोपियन युनियनसँग राम्रो साँगगाँठ रहेको छ ।

त्यसो त अमेरिका, भारतले तिब्बतीयनहरुको खुलैर समर्थन गर्दै आएका छन । नेपालबाट अमेरिका छिर्न तिब्बतीयनहरुलाई रोकेको खण्डमा अमेरिकाले खुलेरै विरोध मात्रै नभएर विभिन्न किसिमका चेतावनी समेत दिने गर्दै आएको छ ।

विश्व शक्तिमानका रुपमा उदाउँदै गरेको चीनलाई कमजोर पार्ने एउटै माध्यम विपक्षी देशहरु चीनलाई टुक्राउनु पानु मात्रै ठान्दछन् जस्तै सोभियत संघ रुसलाई टुक्रा टुक्रा पारे जस्तै ।

त्यसैले तिब्बतीहरुको मामलामा पश्चिमा तथा दक्षिण तिरको छिमेकी राष्ट भारतले समेत खुलेर समर्थन गर्ने गरेको छ । आत्मदाह, तिब्बतीयन विषयको सक्रियता यी नै कारणले गर्दा चर्कदै आएको छ ।

यी र यस्ता विषयहरु बाहिरी रुपमा हेर्दा सानो जस्तो देखिए पनि विश्व राजनीति घुसेर सुस्तरी सुस्तरी अघि बढीरहेको विज्ञहरुको ठम्याई रहने गरेको छ ।

एक चीन नीति भनेर पटक पटक प्रतिवद्धता जनाउँदै आएको नेपाल भने यस्ता घटनाका कारण चेपुवामा पर्दै आएको छ ।