साउन । विश्व साईकल यात्री सौरव दाहाल अमेरिका जाने भएका छन् ।
नेप्लिस एशोसियसन इन साउथइष्ट अमेरिका नासा र एशोसियशन अफ नेप्लिस इन मिडिष्ट अमेरिकाद्धारा सयुक्त रुपमा आयोजना हुने कार्यक्रममा भाग लिन विश्व साइकल यात्री दाहाल अमेरिका प्रस्थान गर्दैछन् ।

सो कार्यक्रममा विश्व साइकल यात्री दाहालले आफनो यात्रा अनुभव प्रस्तुत गर्नेछन् । अगष्ट ३० देखि सेप्टेम्वर २ सम्म हुने जोइन्ट कन्भेन्सनमामा विश्व साइकल यात्री दाहाललाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । यो कन्भेन्सले समेत नयाँ नेतृत्व पनि चयन गर्नेछन ।

गौत्तम वुद्ध नेपालमा जन्मिएका हुन् र सगरमाथा नेपालमा पर्छ भन्ने नारा वोकेर साइकल यात्रामा निस्किएका दाहालले अमेरिकाका विभिन्न राज्यमा पनि यात्रा गर्नेछन् । दाहालको अमेरिका यात्राको संयोजन नासा र आन्नाका अध्यक्ष डाक्टर राम सि वराल र पुर्व अध्यक्ष राजा घलेले गरेका छन् ।

डाक्टर बराल र घलेद्धयले लामो समयदेखि अमेरिकामा रहेर नेपाली कला संस्कृति र नेपालीहरुलाई संगठित गर्दै आएका छन् ।

उनीहरु अमेरिका पुगेर समस्यामा परेका नेपालीलाई पनि सहयोग गर्ने व्यक्तिको रुपमा परिचित छन् । विश्व साइकल यात्री दाहालले अहिलेसम्म ६५ वटा देशको भ्रमण गरिसकेका छन् ।

यसैगरि विश्व साइकल यात्री दाहालको यात्रा स्मरण प्रकाशन हुने भएको छ । अमेरिका वस्दै आएका अंग्रेजी लेखक राजन थपलियाले दाहालको यात्रा स्मरण लेख्न लागेका हुन् । दाहालको यात्रा स्मरणमा साईकल यात्राका क्रममा भोगेको सवै विषयलाई समेटिने छ ।

अंग्रेजी किताब लेखन मा निकै चर्चा कमाएका लेखक थपलियाले थिन्क अबाउट इट्“ “सिम्प्ल रुल्स्“ “लाईफ इज नट इजि“ टनिर्ङ पोइन्ट जस्ता किताब प्रकाशन गरिसकेका छन् ।

त्यस्ता लेखकहरुको नजरमा पर्नु आङ्खना लागि गौरब भएको वताउँछन साइकल यात्री दाहाल । सौरव जस्ता शाहसी युवाको जिवनी लेख्न पाउँदा निकै खुसी लागेको बताउँछन् लेखक थपलिया ।

सौरवको जिवनी नेपाललाई मात्र होइन् आजका सृजनशिल युवाहरुका लागि नयाँ प्रेरणा मिल्ने बताईएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।