१७ कठ्ठा जग्गा गरिबहरुलाई बाढ्दैछौँ : माओवादी

साउन २१ । नेकपा माओवादी महोत्तरीले यही १९ गते कब्जा गरेको १७ कठ्ठा जग्गा गरिब परिवारलाई बाढ्ने प्रक्रियामा रहेको बताएको छ ।

महोत्तरी जिल्ला क्षेत्र नम्बर २ स्थित खुट्टा पिपराढी गाविसका वडा नम्बर ६ को उक्त १७ कठ्ठा जग्गामा झण्डा गाँडेर १४ घर परिवार गरिब एवं भूमीहिन मुसरलाई बाढ्ने प्रक्रियामा रहेको सेक्रेटरी हरिकृष्ण गजुरेलले प्रेस विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।

ती १४ परिवारको घरवारसहितको जग्गा अत्यन्त न्यून मूआब्जामा सरकारले रेलवे विस्तारको नामका कब्जा गरी घरवार बिहीन अवस्थामा पुर्याएको र उनीहरुलाई सरकारले राहत तथा उद्धार गर्नुको सट्टा दमन गरी घाइते बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त जग्गा कब्जा गर्ने क्रममा दिनभर माओवादीको ठूलो संख्या भएकाले केही पनि नगरे पनि बेलुकीपख अन्धाधुन्ध हस्तक्षे गरी निर्मम ढंगले कुटपिट गरेको र कुटपिटबाट १० जना घाइते बनाइएको पनि उल्लेख गरिएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएपनि ललिता देवी महराको अवस्था भने चिन्ताजनक रहेको छ । प्रहरी हस्तक्षेपको माओवादीले कडा रुपमा घोर भत्र्सना गरेको छ ।