
सुनसरीको चतरावाट उदयपुरको सोमबारे घाटतर्फ गइरहेको ढुंगा पल्टिएको हो ।
डुंगा दुर्घटनामा मृत्यु भएका दुईको पहिचान हुन सकेको छैन ।
यता, डुंगामा रहेका मध्ये आधा भन्दा बढीलाई सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासिन्दाले उद्धार गरेका छन् ।
दुर्घटनामा हराईरहेकाहरुको यकिन संख्या भने थाहा नभए पनि २० जनाको संख्यामा हराईरहेको हुन सक्ने प्रहरीले जनाएको छ ।
डुंगा पारि पुग्नेबेलामा उत्रनका लागि यात्रुहरु तँछाडमछाड गर्दा डुंगा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
त्यहाँ हराईरहेकाहरुको अहिले खोजी कार्य तिब्र रुपमा भईरहेको छ ।
Comments