![]() |
गोरखा जिल्ला |
राजधानीको लैनचौरमा भएको उक्त साधारण सभाको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रामकुमार श्रेष्ठले उदघाटन गरेका थिए ।
उक्त साधारण सभाले भाष्कर कुमार श्रेष्ठको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा हरि बाबु मल्ल र चिनकाजी श्रेष्ठ महासचिवमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने हरिमाया गुरुङ निर्वाचित भइन् ।
कार्यसमितिका अन्य सदस्यहरुमा यादव देवकोटा, गोविन्द बास्कोटा लगायत रहेका छन् ।
उक्त केन्द्रले यसअघि जिल्लाका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा जेहेन्दार, गरिब, दलित तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्रि प्रदान गर्दै आएको छ ।
केन्द्रले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालनका साथै सांस्कृतिक, सामाजिक कार्यमा समेत योगदान पुर्याउँदै आएको छ ।