साउन २० । नेपाल दलित मुक्ति मोर्चाले घोषित निर्वाचन राष्ट्रिय स्वधीनता र उत्पीडित जनताको अधिकार विरुद्धमा भएकाले बाहिस्कार गर्ने घोषणा गरेको छ ।

संवाद डबलीमा पत्रकार सम्मेलन गरी मोर्चाका अध्यक्ष तिलक परियारले आप्रवासीलाई नागरिकता दिएर नेपाली जनतालाई अल्पमतमा पारी देशलाई सिकिमिकरणको दिशातिर जानलाई अहिलेको निर्वाचन गर्न लागेकाले आफूहरुले त्यसलाई बहिस्कार गरेको बताए ।

उत्पीडित दलित समुदायका अधिकार खोस्न गरिने निर्वाचन लाई आफूहरुले नमान्ने बताए । चुनाव बहिस्कार गर्न संघर्षका कार्यक्रम पनि पत्रकार सम्मेलनमा घोषणा गरियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।