साउन २० । नेपाली युवाहरुको बर्तमान अवस्थालाई चित्रण गरिएको ‘हाम्रो टिम’ फिल्म प्रदर्शनमा सहभागीहरुले निकै चाख दिएर हेरेका छन् ।

काम र अवसरको खोजीमा विदेशिनुभन्दा नेपालमै रहेर केही गर्न खोज्ने र विभिन्न द्धन्द्धमा परेर आफ्नो लक्ष्यमा अल्मलिएका युवाहरुले आफ्नो सपना देख्न आवश्यक भएको रुपमा लिएको फिल्म हेरेपछि बताएका छन् ।

उक्त फिल्म प्रदर्शनीमा अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष तथा नेकपा माओवादीका नेता इश्वरचन्द्र ज्ञवाली, बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

संवाद डवली र सर्च फर कमन ग्राउण्डबीच भएको सहकार्यमा सो फिल्म संवाद डबलीमा प्रर्दशन गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।