साउन २० । साउन ५ गते ओखलढुङ्गा बजारमा गएकी श्रीमती नफर्केपछि उनलाई खोज्न गएका उनका श्रीमान् सोलुखुम्बु केरुङ–२ जन्तरधापका झक्के शेर्पासमेत बेपत्ता भएका छन् ।

साउन ५ गते शनिबार ओखलढुङ्गा बजारमा किनमेल गर्न गएकी १८ वर्षीया ल्हमु शेर्पा घर नफर्केपछि उनलाई खोज्न श्रीमान् झक्के शेर्पा पनि साउन ८ गते मङ्गलबार ओखलढुङ्गातर्फ गएका थिए । तर श्रीमती खोज्न गएका श्रीमान्समेत अझै घर नफर्किएको छिमेकी दोर्जी शेर्पाले जानकारी दिए ।

घरबाट ओखलढुङ्गा बजारमा सामान किन्न भनी हिँडेकी श्रीमती नफर्केपछि खोज्न गएका श्रीमान्समेत बेपत्ता भएपछि उनीहरूको परिवारमा चिन्ता थपिएको छ ।

परिवारले उनीहरूको खोजी गरिदिन प्रहरीलाई समेत आग्रह गरेको छ । उनीहरूको अवस्थाबारे खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।