साउन २० । बच्चा नभएको निहुँमा शुक्रबार राति श्रीमान र जेठाजु मिली २२ वर्षीया एक युवतीको हत्या गरेका छन् ।
पर्साको महुवन गाविस–४ निवासी रीता साह तेलीलाई उनका श्रीमान् रमेश साह तेली र जेठाजु नगिना साह तेलीले घाँटीमा पासो लगाई हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विवाह भएको आठ वर्ष बितिसक्दासमेत मधुमेह रोगबाट पीडित रीताले कुनै सन्तान जन्माउन नसकेको निहुँमा श्रीमान र जेठाजुले साडीको पासो लगाई झुण्ड्याएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका रिताका श्रीमान र जेठाजुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा मृतकको शव परीक्षण गरी आजै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस