साउन २० । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले नेपालमा प्रतिक्रियावादीहरुले लोकतन्त्र र चुनावको नाममा सिक्किमीकरणको मुद्दा उठाई रहेको दाबी गरेका छन् ।

उनले शनिबार संवाद डवलीमा खेम थपलियाद्धारा लिखित ‘वर्गसंघर्षमा दुई लाइन संघर्ष’ शिर्षकको पुस्तक विमोचन गर्दै यस्तो दाबी गरेका हुन् ।

महासचिव बादलले चुनावको नाममा सिक्किमीकरणको मुद्दा कार्यान्वयन गर्न लागेको चुनावको बहिस्कार नै अहिलेको जनताको प्रिय साहित्य हुने पनि दाबी गरे । ‘अब प्रत्येक गाउँ गाउँ, गल्लि गल्लि, बस्त बस्तीमा चुनाव गर्ने र नगर्नेको दोहरी चल्ने छ, कार्यक्रममा उनले भने त्यस दोहरीमा राष्ट्रियता बिरोधीहरुलाई हराउनु पर्दछ ।’

उनले आफूहरु माथिबाट वार्ताको गीत गाउने र तलबाट जनताले बहिस्कारको गीत गाउने बेला आएको पनि बताए । उनले भने ‘सुन्दरता र शक्ति बहिस्कारमा छ ।’ महासचिव बादलले सपनाका हत्याहरुको विरोध गर्दै आफूहरुलाई आवेग र आक्रोस नभएको जीवन स्वीकार्य नभएको बताए ।

दुई लाइन संघर्ष भनेको शोषक र शासित वर्गको लाइन भएको विमोचित पुस्तकमाथि चर्चा गर्दै वादलले लेखकबाट जनता र क्रान्तिको पक्षमा प्रतिवद्धता र सक्रियाता भएको बताए ।

कार्यक्रममा बरिष्ठ साहित्कारहरु इश्वरचन्द ज्ञावली, डा.जगदीशचन्द्र भण्डारी, नरेन्द्रजंग पीटरले पुस्कतमाथि टिप्पणी गरेका थिए ।

उक्त पुस्तकका केही अंशहरु यसअघि नै हेलोखबरले सार्वजनिक गरिसकेको थियो । जुन पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।