साउन १७ । सुशील राष्ट्रपति नेपाली कांग्रेसका सभापति सुशील कोइराला र राष्ट्रपति डा रामवरण यादवबीच आज भेट भएको छ ।
भेटका क्रममा वर्तमान राजनीति गतिविधिका सम्बन्धमा छलफल भएको थियो ।
छलफलका क्रममा राष्ट्रपति यादवले कांग्रेस सभापतिलाई निर्धारित समयमानै चुनाव हुने वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।
कोइरालाले राष्ट्रपतिलाई असन्तुष्ट दलहरुलाई मनाउन हर सम्भव प्रयास गरिने तर निर्वाचन सार्ने विषयमा कुनै सहमति नहुने अडान राखेको बताइएको छ ।
चाँडै नै भारत भ्रमणमा जानलाग्नु भएका सुशील कोइरालाले आप्mनो भारत भ्रमणको विषयमा पनि राष्ट्रपतिलाई औपचारिक जानकारी गराएका थिए ।
उनले भारत भ्रमणक क्रमामा भारतका महत्वपूर्ण नेताहरुसँग भेट हुन लागेको जानकारी गदाउँदै भेटका क्रममा आफुले उठाउन लागेका विषयहरबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
नेपालका दलहरुका शिर्ष नेताहरुको भारत भ्रमण भइरहेका बेला पछिल्लो पटक कांग्रस सभापति कोईराला भारत जान लागेका हुन् ।
यस अघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल भारत भ्रमण गरेर फर्किइसकेका छन् ।