साउन १९ । सुनसरीको अमाहीबेला–७ स्थित एभरेस्ट साइन्स सेन्टरमा एक महिना प्रदर्शनमा राखिने चन्द्रमाको ढुङ्गा अमेरिकाबाट विराटनगर आइपुगेको छ ।

साइन्स सेन्टरका अध्यक्ष डा. दिलीप अधिकारीको नेतृत्वमा गएको टोलीले मेयरबसाल्ट नामको तीन अर्ब ७५ करोड वर्ष पुरानो उक्त चट्टान शनिबार दिउँसो विराटनगर ल्याईपुर्याइएको हो ।

अमेरिकी वैज्ञानिकहरूको संस्था नासा रहेको टेक्सास राज्यको हिल्सटन सहरबाट सोझै विमानबाट नेपाल ल्याएको उक्त १२० ग्राम वजन भएको चट्टान विराटनगर विमानस्थलबाट सोझै सुनसरीस्थित साइन्स सेन्टरमा लगिएको छ ।

सोमबारबाट सुरु हुने प्रदर्शनीमा राखिने उक्त चट्टान नेपाल र भारतका १० लाख मानिसले अवलोकन गर्ने साइन्स सेन्टरले जनाएको छ ।

पहिलोपल्ट अन्तरीक्षमा पाइला टेक्ने अमेरिकी अन्तरीक्षयात्री निलआर्मस्टाङको जन्म र स्मृति दिवसको महिना पारेर उक्त चट्टान नेपालमा ल्याइएको हो । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।