साउन २० । अफगानिस्तानको राजधानी काबुलबाट पूर्वी स्थानामा रहेको जलालावादस्थित भरतीय कन्सुलेटको कार्यालयमा आक्रमण गरी कम्तीमा पनि नौ जनाको हत्या गरिएको गरिएको छ ।
प्राप्त समाचारमा आज सो कार्यालयमा विस्फोटक पदार्थले भरिएको एक कारमा गराइएको आक्रमणमा परी कम्तीमा पनि नौ जना सर्वसाधारणको ज्यान गएको बताइएको छ ।
उक्त कार्यालयलाई लक्ष्यगरी गरिएको उक्त आक्रमणमा परी यसको वरिपरि रहेका विभिन्न अन्य केही कार्यालय तथा निजी पसलहरुमा ठूलो क्षति भएको बताइएको छ ।
जलालावाद शहरका प्रवक्ता अहमदाजिया अब्दुल्लाजीले उक्त स्थानमा कार बम विस्फोट भएको र सो कारमा कम्तीमा पनि तीन जना आत्मघाती विस्फोटनकारी रहेको जानकारी दिए ।
उनका अनुसार सो बम विस्फोटको अफगानिस्तानमा रहेका तालिवानले भने जिम्मेवारी लिएका छैनन् । उनीहरुले उक्त विस्फोटमा आफ्नो हात नरहेको जानकारी उनीहरुले विस्फोट भएको आधाघन्टा भित्रै दिइसकेका एि ।
उक्त विस्फोटबाट सो कन्सुलेटको नजिकै रहेका व्यक्तिका पसलहरुमा रहेका कम्तीमा पनि सातजना बालबालिकासहित नौ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले उक्त बम विस्फोटको घटनाको निन्दा गरेको छ । उसले सो विस्फोटमा परी कम्तीमा पनि नौ जनाको ज्यान गएको पुष्टि पनि गरेको छ । – एजेन्सी