साउन १९ । उपराष्टपति परमानन्द झा ले गणतन्त्र स्थापना पछि भिआइपीहरुको भ्रमणलाई प्रहरी प्रशासनले महत्व नदिने गरेको बताएका छन् ।

जोर्ज जोन शिक्षा प्रतिष्ठान पोखराद्धारा पोखरामा स्थापना गरिएको क्लक टावरको उदघाटन तथा शिक्षा सेवी सम्मान कार्यक्रम पोखरामा उदघाटन गर्दै उपराष्टपती झाले त्यस्तो बताएका छन् ।

पहिले राज संस्था हुँदाको अवस्थाको स्मरण गर्दै पहिला राजा भ्रमण गर्दा यिनै नेपाली जनता र प्रशासन ले राता रात भ्रमण स्थललाइ सिगार्ने गर्थे त्यो नराम्रो थिएन त्यो राम्रो थियो भन्दै उनले अहिले त्यसो हुने नगरेकोमा दुःख व्यक्त गरे ।

आफुले उद्घाटन गरेको क्लक टावर नजिकै रहेको केहि समय अघि मात्र राष्ट्रपति डा रामवरण यादवद्धारा उदघाटन भएको स्तम्भ बिग्रेको तर्फ संकेत गर्दै उपराष्ट्रपति झाले पहिले त्यस्तो अवस्था भएको भए पुलिस प्रशासन लगाएर भएपनि रातारात सिगार्ने गरीन्थ्यो तर अहिले किन भएन भनेर प्रश्न समेत गरे ।
उनले यो भनेको जनता ,पुलिस, प्रशासनले अहिलेको भिआइपी भ्रमणलाइ महत्व नदिएको हो की भन्ने आफुलाई महशुस भएको टिप्पणी गरे । उनले यस्तो प्रवृतीले अहिले बनाउने भनीएको नयाँ नेपाल नबन्ने समेत जिकिर गरे ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।