साउन २० । चार वर्षअघि लाङटाङ क्षेत्रको पदयात्राका क्रममा बेपत्ता भएकी एक अमेरिकी पर्यटकको हत्या आशङ्कामा बिहीबार पक्राउ परेका दुई जनालाई प्रहरीले शनिबार काठमाडौँ पठाएको छ ।
हत्याका अभियुक्तद्वय लाङटाङ–८ का ल्हाक्पा दिण्डुप तामाङ र सरमथली–९ का च्याङ्वा तामाङलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
विसं २०६७ वैशाख ७ गते २३ वर्षीया अमेरिकी नागरिक अबुरी कोरोलाइन साको स्याफ्रुबेंसीबाट लाङटाङ जाँदै गर्दा हराएकी थिइन् ।
Comments