साउन १९ । एमाओवादीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मङ्सिर ४ गते संविधानसभाको निर्वाचन नभए नेपालको इतिहासमै पछि कहिल्यै पनि संविधानसभाको निर्वाचन नहुने दाबी गरेका छन् ।

एमाओवादी भक्तपुर जिल्ला कमिटीले आज मध्यपुरथिमिमा आयोजना गरेको आगामी संविधानसभा विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले मङ्सिर ४ गतेको निर्वाचन कुनै हालतमा टार्न र सार्न नहुने बताएका हुन् ।

मङ्सिर ४ गते निर्वाचन हुँदैन की भन्ने आशङ्का गर्नु पर्दैन, निर्वाचन हुन्छ, त्यसको विकल्प छैन, कार्यक्रममा उनले भने मङ्सिर ४ मा पनि संविधानसभाको निर्वाचन नभए नेपालमा कहिल्यै पनि संविधानसभाको निर्वाचन फेरि हुँदैन ।

निर्वाचनमा असहमत रहेका दलहरुसँग उच्चस्तरीय राजनीतिक संयन्त्र पुनर्गठन लगायतका विषयमा छलफल भइरहेको बताउँदै उनले भोलिसम्ममा असन्तुष्ट दलहरुसँगको छलफलले टुङ्गोमा पुग्ने विश्वास पनि व्यक्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।