साउन १९ । अहिले त इमेल इन्टरनेट, तथा मोबाइलहरुले पाखा लगाईदियो । नत्र केही वर्ष अगाडी भने प्रेमी प्रेमिकाका लागि खुबै लभ लेटर लेख्ने चलन थियो ।

जहाँ एकै पटकमा विश्वास नगरेपछि पटक पटक पत्र लेखिन्थ्यो । एक पटक पत्रको रिप्लाई नआए पुनः लेखिने गरिन्थ्यो ।

यो त टिनेज अवस्थामा गरिने लभको पत्रको कुरा भयो । यस्तै भएको छ यतिबेला नेपाली राजनीतिक वृत्तमा पनि ।

उच्चस्तरीय राजनीतिक समिति भनेर एमाओवादी, कांग्रेस एमाले र केही मधेसवादी दलहरुले घोषणा गरेका छन् । त्यही समितिले नेकपा–माओवादीसहितका ३३ दललाई वार्ताको लागि भन्दै टिनेज अवस्थामा लेखिन पत्र जस्तै पटक पटक पत्र लेख्ने गरेको छ ।

आज बसेको समितिको बैठकले तेस्रो पत्र पनि पठाउने निर्णय गरेको छ ।

सरकारले पठाएको पत्रमा शर्त भएको भन्दै वैद्य नेतृत्वको मोर्चा शर्त सहितको वार्तामा जान्न भनेर बारम्बार भनिरहेको बेला सरकार तथा चार दलले भने त्यही भाषा, त्यही शैली दोहोर्याएर पत्र लेखिरहेका छन् ।

यसैलाई लभ लेटर समेत भन्न थालेका छन् कतिपयले ।

गैरदलिय सरकार विघटन गरी राजनीतिक नेतृत्वमा संयुक्त सरकार बन्नुपर्ने, मंसिर ४ को चुनाव स्थगित गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेको मोर्चाले भने यथास्थितिमा चुनाव गरे जसरी पनि बिथोल्ने र शर्त सहितको वार्तामा नबस्ने भनेर अड्डी कसेर बसीरहेको छ । तर सरकार भने ती मागहरु पूरा गर्ने जस्तो देखिन्न । तर वार्ताका लागि भनेर पटक पटक पत्र पठाईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।