साउन । कतै तपाई पनि हदैसम्म मोटाउनु त छैन ? त्यसो भए होस् पुर्याउनुहोस् तपाईलाई देश निकाला पनि गर्न सक्लान ।

कुरो के भने, एक व्यक्ति देश निकाला भए । तर उनले कुनै अपराध गरेर भने होइन । देश निकालाको एउटै कारण हो उनी अलि बढी मोटाउनु ।

एक दक्षिण अफ्रिकी नागरिक, जो न्युजिल्याण्डमा बस्दै आएका थिए । उनलाई न्युजिल्याण्डबाट देश निकाला गरिएको छ ।

विगत ६ वर्षअघिदेखि न्युजिल्याण्डको क्राइस्टचर्च सहरमा बस्दै आएका अल्बर्ट बुटेनहुइसलाई न्युजिल्याण्ड सरकारले देश निकाला गर्ने निर्णय गरेको हो । उनको तौल भने १३० किलो रहेको छ । त्यही मोटाईका कारण आफ्नो देशमा बस्नका लागि योग्य नभएको भन्दै न्युजिल्याण्डले उनलाई देश निकाला गर्ने भएको हो ।

वर्किङ भिषामा न्युजिल्याण्डमा काम गर्दै आएका अल्बर्टले होटलमा खाना पकाउने काम गर्दै आएका थिए । ५ वर्षसम्म उनको भिषा नविकरण गर्न उनको वजनले छेकेन तर गत मे मा उनीहरु भिषा नविकरणका लागि अध्यागमन विभागमा जाँदा त्यहाँका अधिकारीहरुले बढी मोटाएको भन्दै भिषा नविकरण नगरिदिएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।