साउन १९ । म्याग्दीको कुहुँ गाविस–२ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविलाई स्थानीय जमानबहादुर बानियाँले रु ६ लाख सहयोग गरेका छन् ।

विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यालयमा कम्प्युटर ल्याब स्थापनाका लागि उनले सो सहयोग उपलब्ध गराएको विद्यालयका शिक्षक मुकुन्द रेग्मीले जानकारी दिए ।

रोजगारीका क्रममा जापान गएर फर्किएका बानियाँले कम्प्युटर विषयको अध्यापन तथा ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तारका लागि सहयोग गरेको बानियाँले बताए ।

यस्तै सो विद्यालयलाई पूर्णगाउँकै नयनकुमारी रेग्मी, लक्ष्मी रेग्मी र हरिदेवी सुवेदीले रु एक लाख पाँच हजार ५५५ सहयोग गरेका हुन् ।

त्यसैगरी स्थानीय हर्कबहादुर, चन्द्रबहादुर, जसबहादुर, हेमबहादुर र रगबहादुर राम्जाली तथा नरमती पुनले पनि आफ्ना अभिभावकको नाममा रु एक लाख पाँच हजार उपलब्ध गराएको शिक्षक रेग्मीले जानकारी दिए । सो अवसरमा सहयोगदाताहरुलाई विद्यालयले सम्मान गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।