साउन १९ । अछाम जिल्लाको सिंउडी गाविसमा ६५ वर्षीया एक वृद्धा बलात्कृत भएकी छन् ।
उनी सोही गाविस निवासी डम्बरबहादुर शाहबाट बलात्कृत भएको जनाइएको छ ।
काम गर्न जाने क्रममा बाटोमा शाहले बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् ।
मदिरा सेवन गरेर पसलमा बसेका शाहले चिया खाउँ भन्दै आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् ।
गाविसका पूर्व उपाध्यक्ष शाहीले बुधबार दिउँसो ११ बजे बलात्कार गरी आफ्ना छोरालाई पिठ्यँुमा बोकाएर पीडित वृद्धालाई उनकै घरमा पु¥याएको बताइएको छ ।
बलात्कारपछि आक्रोशित परिवारले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेका छन् । रासस
Comments