साउन १९ । छोरीलाई बलात्कार गरी फरार भएका एक व्यक्ति शुक्रबार पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रोल्पा सदरमुकाम लिवाङ नजिकै रहेको ह्वामा गाविसबाट पक्राउ गरेको हो ।

अभियुक्तले आफ्नै १२ वर्षीया छोरीमाथि विगत एक वर्षयता बलात्कार गर्दै आएको कुरा सार्वजनिक भएपछि उनी फरार भएका थिए ।

पीडकका श्रीमतीले छोरीमाथि बारम्बार करणी गरेको भनी प्रहरीमा उजुरी दिएपछि सो अपराध बाहिर आएको थियो ।

यही साउन ९ गते पनि छोरीमाथि लोग्नेले यौन दुव्र्यवहार गरेको थाहा पाएपछि अभियुक्तकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।