साउन १८ । नेकपा-माओवादीका प्रवक्ता पम्फा भुसालले राष्ट्रिय स्वाधिनताका लागि बलिदानी दिन पनि आफूहरु तयार रहेको बताएकी छन् ।
गणतान्त्रिक सञ्चारकर्मी मञ्च नेपालले आज राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै राष्ट्रियताका लागि बरु बलिदानी दिने तर विदेशीहरुसँग नझुक्ने बताइन् ।
कार्यक्रममा बोल्दै उनले नेपालमा लेण्डुपदोर्जे जन्माएर नेपाललाई सिक्किमीकरण गर्न खोजेको र त्यसैको प्रक्रिया अन्तर्गत अहिले संविधानसभाको चुनाव गराउन लागेकाले यथास्थितिमा गरिने चुनावलाई हुनै नदिने बताइन् ।
अर्को एक प्रसंगमा उनले आफूहरुले खिलराजलाई समेत प्रतिगामी भनिरहेको अवस्था राजतन्त्रलाई मान्ने कुनै आधार नै नभएको तर जनजीविका तथा राष्ट्रियता जस्ता आफ्नो पार्टीले उठाएका एजेण्डासँग मेल खाएमा भने जोसँग पनि सहकार्य गरेर अघि बढ्ने बताइन् ।
गणतान्त्रिक सञ्चार कर्मी मञ्चको उक्त कार्यक्रममा पेशागत हक अधिकार तथा राष्ट्रिय स्वाधिनताका पक्षलाई उजागर गर्न भन्दै ४५ सदस्यीय राष्ट्रिय सञ्चारकर्मी मञ्चको गठन गरिएको छ ।
बैठकपछि जारी गरिएको विज्ञप्ति यस प्रकार छ :
आज मिति २०७०/४/१८ गते गणतान्त्रिक सञ्चारकर्मी मञ्च नेपालको नेतृत्वमा राष्ट्रिय स्वाधिनताका लागि सञ्चार अभियान भन्ने मूल नाराका साथ राष्ट्रियता खतरामा परेको ठहरसहित पेशागत हक अधिकार तथा राष्ट्रिय स्वाधिनताका पक्षलाई उजागर गर्ने उद्देश्यका साथ विभिन्न संघ संस्था तथा सञ्चारगृहमा कार्यरत पत्रकारहरु सम्मिलित दश जना पछि थप गरिने गरी ४५ सदस्यीय राष्ट्रिय सञ्चारकर्मी मञ्चको गठन गरिएको छ ।
नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य तथा पार्टी प्रवक्ता पम्फा भुसालको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य महेश्वर दाहाल तथा वैकल्पिक केन्द्रिय सदस्य तथा क्रान्तिकारी पत्रकार महासंघका संयोजक कुमार शाहको अतिथिमा उक्त मञ्चको गठन गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले राष्ट्रिय स्वाधिनताका लागि परे बलिदानी गर्ने तर विदेशीसँग नझुक्ने बुझाउनु भयो ।
कार्यक्रममा बोल्दै उहाँले नेपालमा सात जना लेण्डुपदोर्जेमार्फत नेपाललाई सिक्किमीकरण बनाउने षड्यन्त्रमा लागेको र त्यसैको एउटा प्रक्रिया मंसिर ४ को निर्वाचन भएको भन्दै राष्ट्रियता बचाउनका लागि उक्त यथास्थितिमा हुने चुनाव हुनै दिन नहुने बताउनु भयो ।
भारत पनि ब्रिटिसबाट स्वाधीन बनेपछि मात्रै विकासमा गति लिएको भन्दै विकासका लागि नेपाल पनि स्वाधीन हुनैपर्ने उहाँको भनाई छ ।
उत्पिडित जाती, वर्ग तथा क्षेत्रलाई माथि उठाउन आवश्यक रहेको तर अहिले भने राष्ट्र र राष्ट्रियता बचाउनु नै अहिलेको प्रमुख जिम्मेवारी भएको पनि उहाँले औँल्याउनु भयो ।
सञ्चारकर्मीहरुलाई राष्ट्रियताको पक्षमा जोडदार आवाज उठाउन आग्रह गर्दै कार्यक्रममा उहाँले राष्ट्रिय स्वाधिनताका लागि निर्माण भएको मञ्चलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
सो अवसरमा मोर्चामा १ जना महिला थप गरिने गरी १५ सदस्यीय सचिवालय गठन गरिएको छ । जुन यस प्रकार छन् ः
१, राजु लामा
२, विजय विष्फोट
३, अस्मिता भण्डारी
४, भरत लामिछाने
५, मोहन सिंह
६, धर्मेन्द्र कर्ण
७, दीपक जलन
८, टेनिस रोका
९, विश्व लिम्बु
१०, दामोधर खनाल
११, एलेस लामा
१२, श्रृजन झा
१३, बैकुण्ड भण्डारी
१४, उद्धव कार्की
अन्य सदस्यहरु
१, सुसिल पुरुष
२, दिवाकर खनाल
३, लुँइटेल दिनेश
४, ज्योति कोइराला
५, सृजना वाग्ले
६, विकेश लिम्बु
७, केशव घिमिरे
८, छवि सापकोटा
९, कृष्ण किसी
१०, प्रकाश थापा मगर
११, नवराज अर्याल
१२, युनिक रक्षग्लान
१३, विष्णुदोङ तामाङ
१४, सरोज खिलाडी
१५, रामचन्द्र श्रेष्ठ
१६, किरण भट्टराई
१७, भोले केआर चालिसेली
१८, जयन कुमार मोक्तान
१९, यज्ञ ढकाल
२०, श्रीकृष्ण महर्जन
२१, कमल गुरुङ
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।