साउन १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको दोस्रो निर्वाचन मुलुकको लागि अग्नि परीक्षा भएको बताएका छन् ।

कार्यकर्तालाई प्रशिक्षण दिन शुक्रबार सिरहा आएका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा तोकिएकै मितिमै संविधानसभको निर्वाचन हुने ठोकुवा गरे ।

उनले भने – “मङ्सिर ४ मा चुनाव हुन्छ, चुनाव हुनुपर्ने हाम्रो मान्यता हो ।”

चुनावमा सबै राजनीतिक दल सहभागी हुने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै अध्यक्ष थापाले चार दलीय संयन्त्र खारेज गरी चुनावी प्रक्रियामा लाग्नुपर्ने बताए ।

अहिलेको सङ्क्रमण चाँडो टुङ्ग्याउन गोलमेच सम्मेलन वा सर्वदलीय सम्मेलन गर्नुपर्ने उनको तर्क थियो । अध्यक्ष थापाले भने – चुनाव बहिष्कार गर्ने अधिकार हो तर बिथोल्ने कार्य गलत हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।