साउन १८ । हिजो पनि नेपाली बजारमा ओरालो लागेको सुनको मुल्य आज पनि १ हजारले घटेको छ ।

अन्तर्राष्टिय बजारमा सुनको मूल्यमा आएको उतारचढाब तथा डलरको भाउका कारण नेपाली बजारमा सुनको मुल्य केही समयदेखि स्थिर बन्न सकेको छैन ।

नेपाली बजारमा बुधबार एकैदिन १३ सय रुपैयाँ बढेको सुनको भाउ बिहीबार ८ सय पचासले घटेको थियो भने आज पुनः १ हजारले ओरालो लागेको हो ।

शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ५२ हजार ५० रुपैयाँ तोकेको छ ।

बुधबार ५३ हजार ९ सय रुपैयाँ पुगेको छापावाला सुन बिहीबार ८ सय ५३ रुपैयाँ र शुक्रबार १ हजार रुपैयाँ घटेर ५२ हजार नजिक झरेको हो ।

यता, बुधबार ५३ हजार ६ सय ५० रुपैयाँ र बिहीबार ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने तोलाको ५१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ११ रुपैयाँ घटेर ८ सय १९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।