हाँसो उठ्दो र लाजमर्दो कुरा । त्यो चेक जाँच गर्न हुन्न भन्नेले त्यहाँ घुस खाएछ । यस्तै यस्तै होइन त ।
![]() |
| फोटोः फाइल |
तपाई जे सुकै भन्नुहोस् । तर वीरगञ्ज भन्सारबाट जाँचपछि नेपाल प्रवेश गरेको मालबाहक ट्रकलाई थप जाँच गर्नेक्रममा शुक्रबार भने त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवादले ठूलै रुप लिएको छ ।
ना.२ ख ४९२ नम्बरको ट्रकमा भन्सार छलीको सामान भएको सूचनाका आधारमा नेपाल प्रहरीले थप जाँच गर्नेक्रममा सशस्त्र प्रहरीले अवरोध गरेको थियो । सो विषयले त्यहाँ निक्कै खैला बैला समेत मच्चियो ।
घटना बाहिरी रुपमै नबहकिएपनि दुई प्रहरीबीच भने ठूलै भुकम्प गयो । र अन्त्यमा जिप्रकाबाट आएको थप प्रहरी टोलीले सो ट्रक नियन्त्रणमा लिएर सिलबन्दी गरेपछि भने विवाद टुंगिन पुग्यो ।
सिलबन्दी गरिराखेको सो ट्रकका सम्बन्धमा शनिबार छानबिन हुने बताइएको छ ।
उता, भन्सार छलिको आशंकामा एक प्रहरी संगठनले चेक जाँच गर्न खोज्दा अर्को प्रहरी संगठनले रोकेको विषयमा भने के कसरी अनुसन्धान भईरहेको छ भन्नेबारे सम्बन्धित निकायले सार्वजनिक रुपमा अहिलेसम्म केही पनि खुलाएको छैन ।








