साउन १८ । नेकपा–माओवादीनिकट अखिल नेपाल शिक्षक सङ्गठनको आजदेखि ललितपुरमा सुरु केन्द्रीय परिषद्को बैठकले अध्यक्ष गुणराज लोहनीको राजीनामा स्वीकृत गर्दै वरिष्ठ उपाध्यक्ष लालबहादुर बिसीलाई सो पदमा चयन गरेको छ ।

लुम्बिनीमा आयोजित वैदेशिक हस्तक्षेप विषयक कार्यक्रममा लोहनी

लोहनीले नेकपा–माओवादीको चितवन जिल्ला इञ्चार्जको पद सम्हालेका कारण सङ्गठनको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

लोहनीको कार्यकालमा शैक्षिक क्षेत्रसँग सम्बन्धित पेशागत हकहित तथा त्यसँग सम्बन्धित विषयवस्तुका साथै राष्ट्यि विषयहरुको समेत उठान गरेको भनेर चर्चा गरिने गरिएको छ ।

गत वर्ष भदौमा राजधानीमा भएको चौथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित १३७ सदस्यीय केन्द्रीय कमिटीका अरू पदाधिकारीको पद तथा जिम्मेवारी यथावत रहेको महासचिव घनश्याम पाठकले जानकारी दिएको राससले खबर छापेको छ ।

यसअघि, उक्त कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष मोहन वैद्य किरणले आफूहरु वार्तामा बस्न तयार रहेपनि चार दलले सर्त थुपारेकाले चार दल नै वार्तामा बस्न तयार नरहेको बताएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।