साउन १९ । नेकपा–माओवादीनिकट राष्ट्रिय कर्मचारी सङ्गठन (राकस) ले साउन २५ देखि २६ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

अध्यक्ष महादीप पोखरेल (दायाँ)

सङ्गठनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष महादीप पोखरेलले सम्मेलनमा ६५ जिल्ला र सबै मन्त्रालयबाट गरी ५०० भन्दाबढी कर्मचारी सहभागी हुने जानकारी दिए ।

सम्मेलनमा संविधानसभाको निर्वाचन र राष्ट्रियताको विषयमा कर्मचारीले खेल्नुपर्ने भूमिकाका विषयमा ठोस निर्णयसमेत लिइने उनले जानकारी दिए ।

उनले आन्दोलनरत दललाई सहमतिमा नल्याई निर्वाचन गर्दा हुने सम्भावित समस्या कर्मचारीमा पर्ने भएकाले सरकारले बेलैमा त्यसतर्फ सचेत हुनुपर्ने समेत औल्याएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले देशलाई जबरजस्ती चुनावतर्फ धकेल्दा थप भिडन्तको अवस्था आउन सक्ने र सरकारी कर्मचारीहरुले पनि निर्भिक र निष्पक्ष भएर सेवा प्रवाह गर्न नसक्ने भन्दै निरीह र निशस्त्र कर्मचारीहरुलाई जसरी पपनि सरकारको आदेश पालन गर्न बाध्य बनाइनु भनेको सरकारको निर्लज्जता र जवाफदेहिता हुने पनि बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।