साउन १९ । आन्दोलनरत तेत्तीस दलीय मोर्चाले सरकारसँग वार्तामा बस्ने नीतिगत निर्णय गरेको छ ।
नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बसेको ३३ दलीय मोर्चाले माओवादीका अध्यक्ष मोहन वैद्यको नाममा सरकारले पठाएको पत्रलाई सकारात्मक मान्दै वार्तामा बस्ने नितिगत निर्णय गरेको माओवादी सचिव देव गुरुङले जानकारी दिए ।
सरकारले पठाएको पत्रमा माओवादी र सोसँग रहेको मोर्चा भनी सम्बोधन गरिएकोमा स्पष्टरूपमा ३३ दलीय मोर्चा भनी किटान गरी अर्को पत्र पठाउनुपर्ने माग मोर्चाले गरेको छ । बैठकले वार्ताका लागि आवश्यक तयारी गर्न मोर्चाको कार्यदललाई जिम्मा दिएको छ । रासस