साउन १७ । यथास्थितिमा कुनै पनि हालतमा संविधानसभाको निर्वाचन हुन नदिने घोषणा गरेको नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले आज देशैभर निर्वाचन आंचारसंहिता जलाएको छ ।

३३ दलिय मोर्चाले देशका हरेक निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता जलाएको हो ।

मोर्चाले सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको संविधानसभाको दोस्रो निर्वाचनले जनअपेक्षा अनुसार काम गर्न नसक्ने भन्दै निर्वाचन बिथोल्न निर्वाचन आयोगले साउन १७ गतेबाट जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७०’ जलाइएको हो ।

निर्वाचन आचार संहिता जलाउने क्रममा शिर्ष नेताहरु विभिन्न क्षेत्रमा पुगेका थिए ।

सोही क्रममा काठमाडौँ रत्नपार्कमा भने माओवादी सचिव देव गुरुंग पुगेका थिए । कार्यक्रम सुरु हुन अगावै पानी परेपछि उनले छोटो मन्तव्य दिँदै निर्वाचन आचार संहितामा आगो लगाएका थिए ।

सो क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजे पनि कार्यकर्ताका बीचमा आचार संहिता जलाईएको थियो ।

आचार संहिता जलाएपछि ३३ दलका  कार्यकर्ताले नाराबाजी नाराबाजी गरेका थिए । त्यसको केही समयमै भोटाहिटीको पुलसम्म नाराबाजी गर्दै आएर त्यहाँ कोणसभा गरी कार्यक्रम सकिएको घोषणा गरिएको थियो ।

राजनीतिक दलहरुबीच तिब्र विवाद र निर्वाचनका विरुद्ध आन्दोलन चर्कदै गएकाले निर्वाचन हुनेमा भने प्रश्न उठ्न थालेको छ ।

रत्नपार्कमा निर्वाचन आचार संहिता जलाउने क्रममा देखिएका केही दृश्यहरु:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।