साउन १७  । एमाओबादीका कार्यकर्ता प्रक्राउपछि रिहाईको माग सहित गरिएको चितवन बन्द अराजक बन्दै गएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै वाइसिएले नेपाल रेडक्रस सोसाइटी पिप्लेको ना२च ४४८८ नम्बरको एम्बुलेन्स माथि तोडफोड  गरेका छन ।

बन्दकर्ताहरुले दुरसंचार कार्यालय रत्ननगर कार्यालयमा पनि तोडफोड गरेका छन् ।

यसैबीच बन्दकर्ताले पूर्वी चितवनको जुटपानी–१ खोलेसिमल बजारमा एक हार्डवेयर पसलमा तोडफोड गरेका छन्।

बन्दका कारण  पुर्व पश्चिम राजमार्ग  यातायत  अवरुद्ध  भएको छ  यस्तै  शैक्षिक संस्था, कलकारखाना,  नारायणगढबजार प्रर्दशनकारीले ठप्प पारेका छन ।

 तोडफोडमा संलग्न माओबादी  १५ जना कार्यकर्तालाई प्रहरीले  प्रर्दशनकारीलाई  प्रहरीले प्रक्राउ गरेको बताएको  छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।