साउन १७  । संविधानसभा चुनाबको  विरोध गर्दै आएका नेकपा–माओवादी सहितका दलहरुले नुवाकोटमा निर्वाचन आचार संहिता जलाएका छन् ।

नेकपा–माओवादी, नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरुले संविधान सभा निर्वाचनको विरोध गर्दै निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता जलाएका  हुन् ।

नुवाकोटको क्षेत्र नम्बर- १ रानीपौवा,  क्षेत्र नम्बर – २ खरानीटार र क्षेत्र नम्बर- ३ को विदुरमा आचारसंहित  जलाएर विरोध प्रर्दशन गरेका छन् ।

कार्यक्रममा नेकपा–माओवादीकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लक्ष्मी मुँडभरीले  मंसिर ४ को चुनाव बिदेशीको  इसारामा नेपाललाई बिखण्डनको लागि  गर्न लागिएको तथा जनहित विपरित भएकोले  बहिस्कार  गरी आचार संहिता जलाएको  बताइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।