साउन १७ । राष्ट्रपतिले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टा छुट्टै भेटवार्ता  गरेका छन ।
 राष्ट्रपति डा. यादवले निर्वाचन प्रक्रियाका हालसम्म भएको प्रगतिका विषयमा अध्यक्ष दाहालसँग जिज्ञासा  राखेको बताइएको छ ।
 राष्ट्रपतिले  दलको निर्वाचन तयारी, निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलसँगको वार्ता र सम्वादका विषयमा कुराकानी  भएको बताइएको छ ।
राष्ट्रपति संग दहालले निर्वाचन प्रक्रियाको विरोधमा रहेको नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टीसँग निरन्तर रुपमा औपचारिक र अनौपचारिक रुपमा वार्ता र सम्वादको प्रक्रिया अगाडि बढिरहेको र केही दिनभित्रै सहमति कायम हुने  कुरा बताएका थिए। 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।