साउन १७ । बङ्गलादेशमा त्यहाँको सबैभन्दा ठूलो राजनीतिक दलमाथि सर्वोच्च अदालतले प्रतिबन्ध लगाउने बताए पछि ढाकामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
बङ्गलादेशको सबैभन्दा ठूलो मुस्लिम दल जमात ए इस्लाममाथि सर्वोच्च अदालतले आज प्रतिबन्ध लगाउन सक्ने बताएको  थियो ।
बङ्गलादेशको संविधानले धर्म निरपेक्षताको अधिकार दिएको भए पनि उक्त दलले आफ्नो घोषणा पत्रमा इस्लाम धर्मका बारेमा उल्लेख गरेकाले उक्त दललाई प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको  बताइएको छ ।
आज त्यहाँको अदालतले सो विषयमा फैसला गर्ने भनिएपछि त्यसको विरोधमा प्रदर्शनका लागि उक्त दलका हजारौँ कार्यकर्ता तयारीका साथ बसेको भन्दै सुरक्षालाई कडा पारिएको  बताइएको छ ।
बङ्गलादेशको सर्वाेच्च अदालतले हालैमात्र सो दललाई उक्त घोषणा पत्रका लागि कारण देखाउ आदेश जारी गरेको थियो । सो समाचारपछि उक्त दलमाथि प्रतिबन्ध लगाउन सक्ने आशङ्का गरिएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।