साउन १७ । विवादकै बिचमा सरकारले घोषणा गरेको संविधानसभाको हरेक मतदान केन्द्र (बुथ) मा महिला युथ फोर्स हुने भएका छन् ।
संविधानसभा निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले महिला युथ फोर्स बनाउने भएको हो ।
यसअघि पनि एमालेले युथफोर्स गठन गरेपनि निष्क्रिय रहँदै आएको थियो । तर अब चुनावमा भने सक्रिय बनाउने भएको छ ।
पार्टी नेता र संघका नेता सम्मिलित कार्यदलले यस विषयमा अध्ययन गरी फरक संरचनासहितको युथ फोर्स बनाउन प्रतिवेदन दिएको थियो ।
त्यसलाई युवा संघका महासचिव राजीव पहारीले अवधारणापत्रलाई अन्तिम रुप दिएका छन् ।
Comments