उपत्यकाका एक दर्जन भन्दा बढी कुखुरा फार्महरुमा बर्डफ्लु फेला परेको र बर्डफ्लु लागेका कुखुरा तथा कुखुराजन्य पदार्थहरु अवैध तरिकाले समेत बेचबिखन भईरहेको बेला सरकारले कुखुरा जन्य पदार्थ किनबेचमा प्रतिबन्ध लगाउन लागेको हो ।
पन्ध्र दिनयता मात्र उपत्यकाका १६ ठाउँमा बर्डफ्लु संक्रमित कुखुरा भेटिएपछि नियन्त्रण अभियान चलाउन किनबेच रोक्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं बबरमहलमा बिहान उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा पशु एवं सुरक्षा अधिकारी सम्मिलित बैठकले किनबेच रोक्ने निर्णय लिने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
पशु स्वास्थ्य ऐनअनुसार कुनै संक्रामक रोग फैलिएर महामारीको जोखिम देखिए जिल्ला पशुसेवा कार्यालयप्रमुखले मात्र यस्तो प्रतिबन्ध लगायत सक्ने प्रावधान रहेको छ ।