साउन १७ । वाईसिएलले गरेको चितवन बन्द आज पनि जारी छ । बन्दका कारण सर्वसाधरणले हैरानी खेप्नु परेको छ ।
चन्दा असुलि गर्दैगर्दा पक्राउ परेका आफ्ना ६ जना कार्यकर्तामाथि लगाईको मुद्धा फिर्ता गरि तत्काल रिहाईको माग गर्दै वाईसीएल चितवनले आहृवान गरेको अनिश्चितकालिन जिल्ला बन्दका कारण चितवनको जनजिवन आज बिहानैदेखि प्रभावित भएको हो ।
बन्दका कारण यातायत, शैक्षीकसस्था, कलकारखाना, ठप्प रहेका छन् ।
बन्दका कारण चितवन भएर चल्ने सवारीसाधन बिचैमा रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् ।
Comments