साउन १६ । विश्वबजारमा साम्राज्य जमाउँदै गएको सामसुङ कम्पनीको चर्चित स्मार्टफोन ग्यालेक्सी एस(४ हङकङमा पड्एिको छ । उक्त स्मार्टफोन विष्फोट हुँदा एउटा घरनै ध्वस्त भएको छ ।

हङकङमा डु नाम गरेका व्यक्तिले घरमा बसेर ग्यालेक्सी एस(४ मा गेम खेलिरहेको अवस्थामा स्मार्टफोनमा आगो लागेको थियो ।

फोनमा आगो लागेपछि ती व्यक्ति फोन छाडेर भागेका थिए । त्यसको केही समयमै ठूलो आवाज आएको र त्यसपछि घर जलेर ध्वस्त हुन पुगेको हो ।

नेक्स्टपावर अप बेवसाइटमा उल्लेख भए बमोजिम डु नाम गरेका ती व्यक्तिले सामसुङको जेन्युन ग्यालेक्सी फोन प्रयोग गर्दै आएका थिए ।

घटनापछि सामसुङको हङकङस्थित कार्यालयले घटनाको छानबिन गरिरहेको बताएको छ ।
चार्जर र बेट्री पनि सामसुङकै सक्कली प्रयोग गरिरहेको बताउने पिडित डुले आगो आफ्नो कारसम्म पुगेको आगो आफ्नो कारसम्म पनि पुगेको जानकारी दिँदै घटनाबारे आक्रोश पोखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।