सुनको भाउ ह्वात्तै आकासियो

साउन १६ । हिजोको तुलनामा सुनको भाउ १३ सय बढेको छ । आज नेपाली बजारमा सुन ५३ हजार ९ सय रुपैयाँ पुगेको छ ।

डलरको भाउ बढेकाले सुनको भाउ पनि उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउमा खासै उतारचढाव नआए पनि डलरको तुलनामा नेपाली र भारतीय रुपैयाँ कमजोर हुँदा सुन महंगिएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

आज चाँदीको पनि मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलामा ८ सय ४० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी तोलाको ८ सय २५ रुपैयाँ थियो ।