साउन १६। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फोटो सहितको मतदाता नामावली संकलनका लागि थप एक महिना समय माग गरेको छ ।
तामलोपाको पार्टी कार्यालयमा बसेको बैठकले अहिलेपनि लाखौले मतदातानामवलीमा नाम छुटेको भन्दै एक महिना समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने बताएको छ ।
यसैगरी मोर्चाको बैठकले संविधानसभामा प्रत्यक्षतर्फ ५८ र समानुपातिकतर्फ समानुपातिकतर्फ ४२ प्रतिशत एवं जनसंख्याको आधारमा तराईमा निर्वाचन क्षेत्र निर्धारण कायम हुनु पर्ने माग पनि गरेको छ ।
Comments