साउन १६ । मासिक २१ हजार रुपैयाँ तलब पाउने लोभमा राजधानीको बालाजु चोकस्थित युनिक इन्टरनेसनलमा आवेदन दिन पुगेका रामकुमार शर्मा त्यतिबेला तीन छक्क परे जतिबेला उनी सो संस्थाको नाममा छापिएको विज्ञापनबारे बुझ्न त्यहाँ पुगेका थिए ।
विज्ञापनका बारेमा विस्तृत विवरण बुझ्न खोज्दा उनलाई सो संस्थाको डाइरेक्टर भन्ने व्यक्तिले बायोडाटा, फाराम र त्यसबापतको शुल्क बुझाएपछि मात्रै विस्तृत जानकारी दिने मात्रै बताएनन्, बायोडाटा लिएर नआएको भन्दै तथानाम गाली समेत गरे ।
मासिक १८ हजार रुपैयाँ तलब पाउने विज्ञापनबाट आकर्षित भई विज्ञापन छपाउने सामाखुसीस्थित एक कार्यालयमा पुगेका दिनेश भट्टले फाराम र प्रवेश शुल्कबापत ५ सय रुपैयाँ बुझाउनु प¥यो ।
फारामबापत त्यत्रो रकम बुझाएका उनी अहिले कतै आफु ठगिएको त होइन भन्नेमा पुगेका छन् । कलंकीस्थित एक अमेरिकी कम्पनीलाई एसएलसी पास भएका कर्मचारी चाहिएको विज्ञापन देखेर धर्मराज घिमिरे लोभिए । नलोभिउन् पनि किन, मासिक तलब नै १८ हजार ५ सय रुपैयाँ लेखिएको थियो ।
सो विज्ञापन देखेर लोभिएका भट्टले सो कम्पनीमा काम पाउलान् नपाउलान् यसै भन्ने स्थिति छैन, तर उनी अहिले नै लुटिएको महसुस गर्न थालेका छन् राजधानी दैनिकमा खबर छ ।
Comments