अब तपार्इ  आफ्नो  साथीसगं सम्बन्ध  अगाडी  बढाउन छ  भने  अब  देखि सरी  नभन्नु  भए हुन्छ  । सरी भन्नु भन्दा  अरुनै  उपाय  अपनाएको खण्डमा  उपयुक्त हुने एक अध्ययनले देखाएको छ ।
अमेरिकाको  बेलर युनिभर्सिटीमा भएको  एउटा  रिसर्चले सरी भन्नु भन्दा आफ्नो साथीलाई केही अधिकार र आफुमा  निकट  आउन  वातावरण दिएर अगाडी बढ्नु पर्ने बताएको छ ।  पार्टनरमा स्वतन्त्रता दिनु , सम्मान गर्नु , आफुले गरेको गल्ती स्विकार  गरेको  खण्डमा सम्बन्ध अगाडी  बढ्ने अनुसन्धानबाट  पत्ता लागेको छ ।
 अमेरिका टेक्‍ससको बेलर युनिभर्सिटीका   प्रोफेसर कीथ सेनफोर्डले  यो अध्यन गरेका थिए। यो अध्यनका क्रममा   विवाहित  जोडीमा  गरिएको  थियो ।
पहिला अध्‍ययनमा  १८  देखि ७७ वर्षका २५५  जना विवाहित  जोडी बिचमा अध्यन भएको  थियो ।  यी जोडी लाई  सोधीएको  थियो   तपार्इहरुबिच  कुनै द्धन्द्ध  भएमा सामाधान गर्नमा लागि  अपनाउने उपायको बारेमा लिस्ट तयार  गर्नुहोस । यसमा सानो देखि ठुलो  घटनाका  समधानको  बारेमा  प्रश्न गरिएको  थियो ।
अर्को अध्यनमा  १९ देखि ८१ वर्षका ४९८ जना  विवाहित  बिच अध्यन गरिएको  थियो  । यि दुई बिच गरिएको  अध्यनबाट के देखियो  भने झगडा समाधानको लागि   पहिलो अध्यनमा   जुन  सामाधानको  लिस्ट  दिएका थिए   दोस्रो मा  पनि त्यहि उपाय हरुको लिस्ट  प्राप्त  भएको थियो ।  
 यसको साथै अध्यनबाट   सम्बन्ध बिस्तारका  लागि  आफ्नो पार्टनर लाई  धेरै समय  दिनु , एक  अर्काको विरोधी  नहुनु   र एक आपसमा निरन्तर रुपमा  कुराकानी  हुनु  आवश्यक  रहेको  अध्यनले बताएको छ  ।  यस अध्यनमा   सरी  भन्ने शब्द   सामाधान गर्न लिस्टको अन्त्यमा मात्र रहेको थियो  । यस अध्यनलाइ हेर्दा लामो समय सम्म रिलेसन राख्न सरी   भन्दा अन्य उपाय  बढि  फाइदाजनक हुने अध्यनको निष्कर्ष  रहेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।