साउन १५ । सरकारले वार्ताका लागि पठाएको पत्र चित्त बुझ्दो नभएको भनेर नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण नेतृत्वको ३३ दलले सरकारलाई पत्र लेख्ने भएको छ ।
वार्ताका लागि सरकारले पठाएको चिठी चित्तबुझ्दो नभएको भन्दै सरकालाई जवाफी पत्र पठाउने निर्णय आज नेकपा माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले गरेको हो ।
सरकारसँग वार्ताका लागि टोलीसमेत बनाइसकेको अवस्थामा सरकारले सर्त राखेको भन्दै उनीहरु सरकारले बोलाएको वार्तामा सहभागी भएका छैनन् ।
सरकार र चार दलले वार्ताका लागि पठाएको पत्र चित्तबुझ्दो नभएको र चुनावका लागि शर्त राखिएको भन्दै मोर्चाले सरकारसँग तत्काल वार्तामा नबस्ने निर्णय समेत गरेको छ ।
Comments