साउन १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाका ५४ नेता तथा कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टी केन्द्रीय अधिवेशनले लिएको नीति तथा कार्यक्रमलाई व्यक्तिवादी बनाइएको भन्दै पार्टी परित्यागको घोषणा गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका नेता, वर्गीय सङ्गठनका प्रमुख तथा सदस्यको भेलापछि उक्त निर्णय गरिएको उल्लेख छ ।

भेलाले हाललाई पार्टी परित्याग गर्ने र स्वतन्त्र रुपमा रहने गरी महाधिवेशन प्रतिनिधि रामबन्धु रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरेको संयोजक रेग्मीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।