साउन १५ । यू–१६ च्याम्पियनसिप फुटवलको उपाधीका लागि आज भएको फाइनल भिडन्तमा भारतसँग नेपाल चुक्न पुग्दा उपाधी भारतले उचालेको छ ।

पूरै खेल अवधिभरी नै पानी नै पानीका बिच त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा भएको खेलमा नेपाल १० ले पराजित हुन पुगेको छ ।

यो सँगै नेपाल दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । तर, अघिल्लो संस्करणमा तेस्रो भएको नेपाल यस पटक दोस्रोमा उक्लन भने सफल भएको हो ।

भारतले सुरुवातको १७ औं मिनेटमा नै नेपाललाई एक गोल हानेर झड्का लगाईदिएको थियो । त्यसमा नेपालले खेल अवधिभर जवाफी गोल गर्न नसक्दा नेपालले हार बेहोर्नु परेको हो ।

दुई वर्षअघि काठमाडौंमा नै भएको पहिलो संस्करणको फाइनलमा भारत पाकिस्तानसँग पराजित हुन पुगेको थियो ।

यता, नेपाल आर्मीको मैदान लगनखेलमा तेश्रो स्थानका लागि भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई १–० ले हराएको छ । नेपालले सेमिफाइनलमा बंगलादेशलाई ५–१ ले हराएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।