साउन १५ । साफ यू–१६ च्याम्पियनसिप फुटबलको उपाधीका लागि भएको भिडन्त खेलमा भारतसँग नेपाल १० ले पराजित भएपछि दर्शकले खेलमा असन्तुष्टि जनाउँदै नाराबाजी गरेका छन् ।

खेल सकिएसँगै सबै दर्शकहरु फर्कने क्रम जारी रहेकै बेला प्याराफिडमा रहेका केही दर्शकहरुले नाराबाजी गरेपछि प्रहरीले एक्कासी लाठी चार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज गरेपछि त्यहाँ भागदौड समेत मच्चिएको थियो ।

तर एन्फाले प्रहरीलाई बल प्रयोग नगर्न, र लाठी चार्ज नगर्न भनेर माइकिंग गरेपछि घटना सामान्य बनेको थियो ।

त्यसपछि रंगशालामा पुरस्कार वितरण कार्यक्रम सुरु भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।